बागलुङ/वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले वारको उचाइ कामय गरेर गणतन्त्रको संरक्षणको अभियानमा अगुवाई गर्ने बताएका छन् । उनले २०६२÷०६३ पछिका बार नेतृत्वहरु ज्नताको पक्षमा नभइ राजनीतिक छायाँमा परेको आरोप समेत लगाए ।
आसन्न नेपाल वार एसोसिएसनको निर्वाचनका लागि अध्यक्षका उमेदवार श्रेष्ठले शुक्रबार उच्च अदालत बार एसोसिएसन बागलुङका पदाधिकारी र सदस्य संगको भेटमा उक्त धारणा राखेका हुन् । उनले बारलाई नयाँ उचाइको बनाउने बताए । जनआन्दोलन पछिका बारको नेतृत्व राजनीतिक छायाँमा परेको भन्दै अब फेरी उचाइ भएको नागरिक समाज र बारको नेतृत्व चाहिएको बताए ।
श्रेष्ठ नेतृत्वमा आसन्न निर्वाचनका लागि माओवादी निकट आरपिएलए, मधेशवादी, स्वन्तत्र लगायतका विभिन्न पेशागत संगठनको प्यानल निर्वाचनमा होमिएको छ । त्यस बाहेक प्रा.डा. विजय मिश्रको नेतृत्वमा डिएलए र पिपिएलएको समूह पनि निर्वाचनमा होमिएको हो । मिश्र नेतृत्व टोलीले गत साता मत मागेर फर्केको थियो ।
मत माग्ने क्रममा आएका श्रेष्ठ प्यानलले वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई भेटेर आफ्ना एजेण्डाहरु पेश गरेका हुन् । उक्त अवसरमा उपाध्यक्ष, महासचिव लगायतका उमेदवारले पनि आफ्ना धारणा राखेका थिए । उच्च बार एसोसिएसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्काको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ र पूर्व अध्यक्ष राम शर्माले धारणा राखेका थिए ।





