सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्थापना दिवशमा सरसफाइ र स्वास्थ्य परीक्षण

स्थापना दिवशमा सरसफाइ र स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०८१, शुक्रबार

बागलुङ/नेपाल पत्रकार महासंघको स्थापना दिवशको अबसरमा बागलुङ शाखाले कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।

दिवशलाई विभिन्न कार्यक्रमसहित मनाउने योजना अनुसार बिहिबार म्याग्दी शाखासँग मैत्रीपूर्ण फुटसल खेल समेत गरिएको थियो । शुक्रबार बिहान कार्यलयमा सफाइ र वृक्षा रोपण कार्यक्रम गरिएको हो ।

महासंघका पूर्व अध्यक्ष हरिनारायण गौतम र शाखा अध्यक्ष राम थापा अविरलले वृक्षा रोपण गरेर अभियानको शुभारम्भ गरेका थिए । साथै दिवशकै अबसरमा क्रियाशिल पत्रकार र संचारकर्मीहरको स्वास्थ्य परीक्षण पनि गरिएको छ ।

बिशेषगरी नसर्ने रोगको स्क्रिनिङ अभियान चलाई रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगर स्वास्थ्य शाखाको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । त्यस बाहेक शनिवार प्रभातफेरी, चियापान कार्यक्रम र पुरस्कार बितरण कार्यक्रम राखिएको अविरलले जानकारी दिए । महासंघ २०१३ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->