आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

ज्यान मार्ने उद्योग मुद्दामा ४ जना युवा पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा ४ जना युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०८१, शुक्रबार

पोखरा/फागु पूर्णिमाको दिन एक युवामाथि सांघातिक हमल गरी ज्यान लिन खोजेको आरोपमा प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा १५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, २१ वर्षीय इरान भन्ने प्रितम गुरुङ,२० वर्षीय महेश गुरुङ र चितवन घर भइ हाल पोखरा १५ बस्ने १९ वर्षीय अरविन परियार रहेका छन् ।

उनीहरुले फागुन २९ गते लेकसाइड किनारको पैदल मार्गमा एक व्यक्तिमाथि भाग्न–उम्कन नपाउने गरी हेल्मेट, मुक्का तथा खुकरी प्रहार गरी सख्त घाइते बनाएका थिए ।

पक्राउ परेकाहरुमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->