पोखरा/ होलीको दिन एकजनालाई धारिलो हतियारसमेत प्रहार गरी सख्त घाइते बनाएर फरार ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–१५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, २१ वर्षका इरान भन्ने प्रितम गुरुङ, २०वर्षीय महेश गुरुङ र चितवन घर भई पोखरा–१५ मा बस्दै आएका १९ वर्षका अरबिन परियार रहेका छन् ।
उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा अनुसन्धान थालिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं निरीक्षक अविनाशदीप जिसीले बताए । उनीहरुले यही फागुन २९ गते होली पर्वको दिन पोखराको लेकसाईडस्थित फुट ट्रयाकमा एक जना मानिसलाई भाग्न उम्कन नपाउने गरी हेल्मेट, मुक्का तथा धारीलो हतियारले प्रहार गरी सख्त घाईते बनाई फरार भएका थिए । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।





