शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको पोखरालगायत देशैभरी विरोध

पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको पोखरालगायत देशैभरी विरोध


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८१, शनिबार

पोखरा/ पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले शनिवार विरोधसभा आयोजना गरेको छ ।

पोखराको सहिदचोकमा भएको विरोधसभामा पत्रकारहरुले शुक्रबार भएको घटनाको निन्दा गरेका पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले बताए । विरोधसभामा पत्रकारहरुले प्रेसमाथिको आक्रमण निन्दनीय भएको र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग गरेका छन् ।

यसैगरी नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ। महासंघको ७१औँ स्थापना दिवसको पूर्वसन्ध्यामा पत्रकार रजकको हत्या भएपछि वार्षिकोत्सवलाई विरोध सभामा परिणत गरेको महासंघले शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन र सभा गरेको छ।  महासंघका प्रदेश समिति र ७७ वटै जिल्ला शाखाहरूले पनि पत्रकार रजकको हत्या तथा पत्रकार र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->