सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एफएनजे बागलुङको विरोध प्रर्दशन

एफएनजे बागलुङको विरोध प्रर्दशन


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८१, शनिबार

बागलुङ/नेपाल पत्रकार महासंघको स्थापना दिवशको अन्तिम दिन शनिवार बिरोध प्रर्दशन र बिरोधसभासहित सम्पन्न भएको छ । यस अघि दुइ दिन रचनात्मक कार्यक्रम गरेर मनाएकोमा शुक्रवारको हिंसात्मक घटनापछि महासंघले बिरोध प्रर्दशनको निर्णय गरेको थियो ।

शुक्रवार राजधानीमा भएको राजाबादीको प्रर्दशनको क्रममा एभीन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजाकको मृत्यु भएको थियो । राजाबादीले आगो लगाएको घरमा फोटो खिच्नेक्रममा जलेर रजाकको मृत्यु भ्उको थियो । महासंघले उक्त घटनालाई ‘हत्या’ भनेको छ । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै पत्रकारले शनिवार देशभर प्रर्दशन गरेका छन् ।

शनिवार महासंघको स्थापना दिवशको अबसरमा आयोजित अन्य रचनात्कक कार्यक्रम रोकेर बिरोध प्रर्दशन भएको हो । बिरोधको क्रममा पत्रकार नेताहरुले हत्यामा संलग्नलाई हदैसम्मको कारवाही माग गरे । नेपाल पत्रकार महासंघ बागलुङको कार्यालयमा भेला भएका पत्रकारले प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराइएको महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले बताए । पत्रकारले कालोव्यानर सहित बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा पुगेर प्रवचन समेत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेलले पत्रकारहरु सुरक्षित भएर काम गर्नुपर्ने बेला आएको बताए । उनले संचार माध्यमका कार्यालयमा भएको आक्रमणको पनि बिरोध गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले राजाको प्रत्यक्ष शासनकालमा पनि प्रेसले सास्ती खेपेको भन्दै अहिले पनि राजाबादीले प्रेसलाई देख्न नसकेको आरोप लगाए । प्रहरीको बन्दुक खोसेर हिडेकाको फोटो खिच्दा पत्रकारको खुट्टा भाँच्ने, व्यक्तिको घरमा आगजनी र लुटपाट गर्ने लगायतको हिंसात्मक गतिविधि सहिय नहुने उनको भनाइ थियो ।

महासंघको बागल्ुङ शाखाका पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतमले पत्रकारलाई कुनैपनि अतिवाद स्विकार्य नहुने बताए । उनले नागरिकको सूचित हुने अधिकारकालागि पत्रकारले फिल्ड रिपोर्टिङ गर्दा भएको घटनाका दोषीलाई कानूनी कठघरामा ल्याउन माग पनि गरे ।

प्रगतिशिल पत्रकार संघका केन्द्रिय सचिव तारा प्रसाद शर्माले पत्रकार र संचारमाध्यमका कार्यालयहरु निसानामा पर्नु दुःखद भएको बताए । राजाको प्रत्यक्ष शासनमा पनि संचारमाध्यम र पत्रकारले ज्यादती भोगेको भन्दै राजाबादीको आन्दोलनको पहिलो दिनमै पत्रकारले ज्यान गुमाएकोप्रति उनीहरुले भत्र्सना पनि गरे । साथै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण मिडियामा भएको ढुंगामुडा, प्रेसका गाडिमा भएको अबरोध र क्षति प्रति पनि बिरोध जनाइएको थियो । महासंघका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता र सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->