आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कोदी शान्ति टोलबिकास संस्थाद्वारा जेष्ठ नागरिक सम्मान

कोदी शान्ति टोलबिकास संस्थाद्वारा जेष्ठ नागरिक सम्मान


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिका–२२ मा रहेकोे कोदी शान्ति टोलबिकास संस्थाले जेष्ठ नागरिक सम्मान, नवबर्ष २०८२ को भित्तेपात्रो बिमोचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष हिमलाल बरालले कार्यक्रमको उद्घाटन गर्दै आआफ्नो घरमा आमाबुबालाई सम्मान गर्न, उहाँहरूको हेरचाह गर्न अनुरोध गर्दै बुबा आमाबाट असल संस्कार सिक्नुपर्ने वताए । वडाले सबै टोल बिकास संस्थाहरुलाई आफ्नो बिकासका काममा बिना भेदभाव बजेट बितरण गरिएको उनको भनाई थियो । उनले दीगो बिकासका काममा वडाले सबै टोलहरुका विकास संस्थाहरुलाई आव्हान गरेको वताउँदै जायज माग ल्याउन अनुरोध गरेका थिए ।

कार्यक्रम संयोजक संस्थाका सदस्य रामचन्द्र बरालले संस्थाको पहिलो कार्यक्रम सबैको साथले भित्तेपात्रो प्रकाशन र सम्मान कार्यक्रम सहजै सम्पन्न गर्न सहज भएको वताउँदै आयव्यय प्रस्तुत गरेका थिए । सो अबसरमा पोखरा २२ की वडा सदस्य कृष्णकुमारी पौडेल देवकोटा, वडा अधिकृत रामप्रसाद पौडेल, कोदी पर्यटन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णुहरि बराल, दुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्मा (अधिकारी), छोरेपाटन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्रराज बराल, सदस्यहरुको तर्फबाट पोतराज पौडेल, प्रगतिशील टोलबिकास संस्थाका अध्यक्ष हेमराज बराल, पुम्दिभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बराल, सृजनशिल क्लबका अध्यक्ष राजु बराल, गणेश मिलन आमा समुहकी शान्ति बरालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकहरु वेलबहादुर खत्री, बालकुमारी गुरुङ, माइतीश्री गुरुङ, लिलावती खत्री, मतिप्रसाद रेग्मी, डिल्लुदेवी रेग्मी, प्रेमप्रसाद रेग्मी, गुमादेवी रेग्मी, लीलाकुमारी पोख्रेल, धनमाया रानाभाट, अर्जुनबहादुर केसी, भाइरथि लामिछाने, कुलप्रसाद बराल, डिलमाया बराल, दुर्गा बराल, टेकनाथ लामिछाने, नरबहादुर गुरुङलाई सम्मानपत्र, खादा र अबिरले सम्मान गरिएको थियो । कार्यक्रममा कवि हरिप्रसाद बरालले जेष्ठ नागरिकसंग सम्मानजनक व्यवहार गर्नुपर्ने संदेशसहित कविता वाचन गरेका थिए भने सबिना लामिछाने, प्रसंसा पोख्रेल र स्वेच्छा बरालले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा छोरेपाटन बचत तथा ऋण सहकारी संस्था, पुम्दिभुम्दी कृषि सहकारी संस्था, अध्यक्ष मीन बहादुर खत्री, गणेश मिलन आमा समुह, सृजनशिल युवा क्लब, उत्कृष्ट चन्दादाता निश्चल डेरीका संचालक पितम देवकोटा, बिज्ञापन दाता कोपिला बराल, समाजसेवी कुलबहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष आशिषकुमार बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष विकासराज बराल र संचालन सचिव अमृता केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->