आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

ज्ञानेन्द्र शाह निर्मल निवासमा समेत बस्न नपाउने दिन आउन सक्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

ज्ञानेन्द्र शाह निर्मल निवासमा समेत बस्न नपाउने दिन आउन सक्ने मुख्यमन्त्री पाण्डेको चेतावनी


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा पनि बस्न नपाउने दिन आउन सक्ने बताएका छन् । नारायणहिटी दरबार छाडेर निस्किएका शाह निर्मल निवासमा बस्न पाउने कि नपाउने भनेर सोच्ने बेला ठूलो त्याग र मेहनतले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि धावा नबोल्न पनि उनले चेतावनी दिए

गण्डकी प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उठेका सवालको जवाफ दिने क्रममा उनले यो व्यवस्था ल्याउनका लागि लडेका व्यक्तिहरु जिवित रहेसम्म गणतन्त्रको विकल्पका बारेमा सोच्न पनि नसकिने बताए । ‘यो व्यवस्था ल्याउन जुत्ता खियाएकाहरु, पसिना र रगत बगाएकाहरु हामी जिवितैछौं, हामी जिउँदै रहँदासम्म कसैले राजतन्त्रका बारेमा सोच्छ भने त्यो दिवास्प्न हो, यसको विकल्पका बारेमा सोच्न पनि सकिँदैन,’ मुख्यमन्त्री पाण्डेले भने । संघीय लोकतान्त्रिक व्यवस्था ल्याउनका लागि लडेकाहरु कहिलेकाहीँ बाटो बिराउँदा दुख लागे पनि यो व्यवस्था जोगाउने सवालमा सबै एकै ठाउँमा रहेको पनि उनको भनाइ थियो ।

संघीयताको सवलीकरणका लागि हुनेपर्ने थुप्रै कामहरु बाँकी रहेको भन्दै उनले यसका लागि संघ सरकार, राजनीतिक दल र कर्मचारीतन्त्र इमान्दार हुनेपर्नेमा जोड दिए । केही कमीकमजोरी र असन्तुष्टिका स्वरलाई लिएर संघीयता खारेज गरेर राजतन्त्र ल्याउँछु भनेर २४ वटा घर जलाएर, गाडी जलाएर भीड जम्मा गरेर मात्र सम्भव नहुने उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->