आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

ज्ञानेन्द्र शाहलाई पनि कारवाहीको दायरामा ल्याइयोस– अधिकारी

ज्ञानेन्द्र शाहलाई पनि कारवाहीको दायरामा ल्याइयोस– अधिकारी


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८१, आइतबार

पोखरा/ गण्डकी प्रदेशमा सत्तारुढ नेकपा एमालेका नेता खगराज अधिकारीले चैत १५ मा राजावादीहरुले गरेको आपराधिक गतिविधिको मुख्य कारक पूर्वराजा ज्ञानेन्द्र शाह रहेकाले उनलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन ।

गण्डकी प्रदेशको आजको बैठकमा विशेष समय लिएर पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारीले १५ गतेको घटना मुलुकको लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि बर्बर आक्रमण भएको बताए । भिंडलाई उत्तेजक बनाउने, सुनियोजित रुपमा आक्रमणमा उत्रिएर जनताको जीउधनमाथि खेलवाड गर्दै आगजानी गरी जिउदै पत्रकार जलाउने अपराधीलाई कारवाही गरियोस भन्ने माग उनले राखे ।मिडिया हाउस, पार्टी कार्यालय, भाटभटेनी व्यवसायिक संस्थामाथि आक्रमण, आगजनी गरेर पुरानो तन्त्र फर्काउने सपना कसैले देखेको भए सिंगो प्रदेश सभा एकस्वतरका साथ त्यस्तो सपनालाई चकनाचुर पारेर छाड्ने र गणतन्त्र अझ बलियो बनाउने उद्घोष उनले गरे । ‘हाम्रा सुधार्नुपर्ने कुराहरु हुनसक्छन । हाम्रा जीवनशैली, कार्यशैली कार्यपद्धतिमा जनताको ग्ुनासा हामीले सुनेका छौ’, सम्बोधनका क्रममा अधिकारीले भने, ‘त्यसकारण संविधान अझै सक्रिय र क्रियाशिल बनाउने उद्देश्यले कांग्रेस र एमालेले सरकार बनाएका हुन । अन्य दललाई पनि समेटेर संविधान संसोधन गर्ने सात बुँदे सम्झौता गरेका हुन् ।’

संविधान संसोधनका लागि अन्य दलसंग पनि वार्ता र सम्बाद भइरहेको बेला यसलाई मन नपराएर कुनै एउटा छिमेकी देशको मुख्यमन्त्रीको फोटो टाँसेर प्रपन्चकासाथ काकतालीले राजा बन्न गएको र भूतपूर्व बनिसकेको व्यक्तिकलाई फेरी कसैले सिंहासनमा फर्काउन नसक्ने उनको जिकिर थियो । बैंक ठगेर, ऋण नतिरे पनि हुन्छ भनेर जनतालाई भड्काएर जनताको जिउधनमाथि आगजनी गर्ने अपराधीलाई तुरुन्त पक्राउ गरी कारवाही गर्नुपर्ने माग पनि उनको थियो । लोकतन्त्रको सुन्दर पक्ष बादविवाद, प्रतिवाद, संवाद र संलेषणबाट निष्कर्ष निस्कुन रहेको भन्दै उनले लोकतन्त्रमा निषेध नहुने भएकाले अरुको व्यक्तिगत सम्पत्तिमाथि आगजानी गर्ने, पार्टी कार्यालय ध्वस्त गर्ने, अपराधपूर्ण काम गर्ने लोकतन्त्रबिरोधी अपराधीले मात्र गर्न सक्ने बताए । राजतन्त्र पहिल्यैदेखि जनविरोधी क्रियाकलापमा संलग्न रहदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->