सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

घाइतेको मृत्युपछि चालक पक्राउ

घाइतेको मृत्युपछि चालक पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८१, आइतबार

बागलुङ/गुडिरहेको जीपको ढालाबाट खस्दा घाइते भई बुर्तिवाङ अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएको दोस्रो दिनमै घाइतेको मृत्यु भएपछि प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो २ बजे बुर्तिवाङबाट कुदुमतर्फ जाँदै गरेको लु १ ज ४४०५ नम्बरको जीपको ढालाबाट खस्नुभएका ढोरपाटन नगरपालिका वडा नं. ५ प्याङखोलाका ६६ वर्षिय श्रीप्रसाद कामी ढोरपाटन सालझण्डी सडक खण्डको ढोरपाटन नगरपालिका १ लक्ष्मी कुण्ड पुल नजिक खस्दा घाइते भएका थिए ।

घाइते कामीको बुर्तिवाङ अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएको र आइतबार बिहान मृत्यु भएपछि जीप चालक ढोरपाटन नगरपालिका वडा नं. ६ कुदुमका ४५ वर्षिय मदन कुमार घर्तिलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक विजय यादवले जानकारी दिए । घर्तिलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भईरहेको यादवले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->