आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जंगलमा आगो लगाउने पक्राउ

जंगलमा आगो लगाउने पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८१, आइतबार

बागलुङ/सार्वजनिक जंगलमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा आगो लगाई आपराधिक कार्य गरेको आरोपमा प्रहरीले जिल्लाको ढोरपाटन नगरपालिका ४ हुन्द्र बस्ने ४९ वर्षिय ढाल बहादुर सार्कीलाई पक्राउ गरेको हो ।

सोही स्थानको भूमेथानस्थित बारीमा लगाएको आगो सरादी सामुदायिक वन, निजी घर तथा पशुचौपाय बाँध्ने गोठमा समेत फैलिँदा क्षति पुगेको भन्दै गत शुक्रबार सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

आगलागीबाट खानेपानीको पाइप समेत जलेर आपूर्ति बन्द हुन पुगेको प्रहरीले जनाएको छ । सार्कीलाई आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरिएको यावदले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->