आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पाल्पाली समाज पोखरामा श्रीधर पराजुली

पाल्पाली समाज पोखरामा श्रीधर पराजुली


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८१, सोमबार

पोखरा/ पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली सर्वसम्मत् चयन भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पराजुलीको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।

निवर्तमान अध्यक्षमा बालचन्द्र परियार, वरिष्ठ उपाध्यक्षमा केशव नेपाल, उपाध्यक्षमा अनुपमान कर्माचार्य, सचिवमा पदमप्रसाद पोखरेल, सहसचिवमा किरण पाण्डे र कोषाध्यक्ष सुनिल अर्याल चयन भए । कार्यसमिति सदस्यमा धनबहादुर झेंडी, गिरीराज पोखरेल, कृष्णप्रसाद मिश्र, भुवन लोहनी, बुद्धिप्रसाद न्यौपाने, सीमादेवी सारु र पार्वती बिक छन् ।  कार्यक्रमको पूर्व मन्त्रीसमेत रहेका समाजसेवी एवं उद्योगपति हरि पाण्डेले उद्घाटन गरेका थिए ।

समाजका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पाली संगम काठमाडौंका उपाध्यक्ष केशव आचार्य, अर्घाखाँची सम्पर्क समाज पोखराका अध्यक्ष दधिराम खनाल, संस्थाका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार समिति संयोजक एवं सम्मानित व्यक्तित्व जनपुकार मुनकर्मी, पूर्वअध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल, निवर्तमान अध्यक्ष रेशम थापा रचक, पूर्व अध्यक्ष जगदीश गौतम, पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे लगायत बोलेका थिए । प्रथम उपाध्यक्ष श्रीधर पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव सञ्जय आत्रेयले गरेका थिए । सो अवसरमा समाजका सल्लाहकार समिति संयोजक जनपुकार मुनकर्मी, पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेल र निवर्तमान अध्यक्ष रेशम रचक थापालाई सम्मान गरिएको थियो ।
२०५१ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भएको पाल्पाली समाज पोखरा यस क्षेत्रको सबैभन्दा पुरानो सम्पर्क रहेको संस्थापक सचिव लोकनाथ काफ्ले बताउँछन् ।

संस्थाले सदस्यको हकहितका अलावा बर्सेनि रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, विभिन्न क्षेत्रमा सहयोग, पाल्पाको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवद्र्धनका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->