आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

हरेक धर्मका असल परम्परालाई अनुशरण गरौं

हरेक धर्मका असल परम्परालाई अनुशरण गरौं


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८१, सोमबार

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका असल परम्परालाई अनुशरण गर्नुपर्ने बताएका छन् । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले  सबै धर्मको सकारात्मक पक्षलाई अनुशरण गर्नुपर्ने बताएका हुन् ।

‘यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ, उनले शुुभकामना सन्देशमा भनेका छन्, ‘यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ ।’  विविधतामा एकता नेपालीको विशिष्ट पहिचान भएको बताउँदै उनले विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान रहेको उल्लेख गरे । शुभकामना सन्देशमा उल्लेख छ, ‘यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो । यसको संरक्षण जरुरी छ ।’

रमजानको ३० दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट ईद अर्थात् ईद–उल–फित्र मनाउने प्रचलन छ । यो पर्व नेपाल लगायत विश्वभरिकै मुस्लिम समुदायको महान् पर्वको रुपमा मनाइदैँ आएको छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदान प्रदान गरिनुका साथै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ । यस पर्वले भाइचाराको भावना तथा बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने प्रदेश प्रमुख भट्टको विश्वास रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->