सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

शाक्य कल्याण समाजको सम्मान र बधाई

शाक्य कल्याण समाजको सम्मान र बधाई


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८१, सोमबार

बागलुङ/शाक्य कल्याण समाज बागलुङको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष राजनकुमार शाक्य, बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि समाजले सम्मान र बधाइ कार्यक्रम गरेको हो ।

सोमबार बिहान भएको कार्यक्रममा समाजका प्रधानसंरक्षक कृष्णलाल शाक्यले सम्मान गरेका थिए । साथै उनले उद्योगी, व्यवसायीको छाता संगठनको रुपमा उद्योग बाणिज्य संघले आम व्यवसायीको हितमा काम गर्नुपर्ने बताए । साथै सबैलाई समान रुपमा हेर्ने, स्थानीय तहसँग सहकार्य गर्ने लगायतको सुझाव दिइएको थियो ।

समाजका उपाध्यक्ष बाबुलाल शाक्यको अध्यक्षता र सचिव निरज शाक्यको संचालनमा भएको कार्यक्रममा सल्लाहकार मुकुन्द शाक्यले पनि शुभकामना मन्तव्य राखेका थिए । गत शनिवार भएको अधिवेसनबाट राजनकुमार शाक्य बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनले ६ सय ४४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी उमाकान्त शर्मा ‘बाबु’ले ५ सय १९ मत ल्याएका थिए । शाक्य यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->