आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा स्कुटर जलाउने र चोरीमा संलग्न ८ पक्राउ

पोखरामा स्कुटर जलाउने र चोरीमा संलग्न ८ पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८१, सोमबार

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी तथा आगजनीमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १३ देखि १६ वर्ष उमेर समूहका ७ किशोर र एकजना २० वर्षीय दिनेश गुरुङ रहेका छन्।

प्रहरीका अनुसार चैत १३ गते राती पोखरा महानगरपालिका–२० भलामस्थित घर अगाडि पार्किङ गरिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। चैत १६ गते पोखरा–१६ लामाचौरस्थित माथिल्लो दीप क्षेत्रमा शंकास्पद अवस्थामा ग ८ प ५४२९ नम्बरको स्कुटर चलाइरहेका दुई किशोर फेला परे । उनीहरुसंग सोधपुछपछि उनीहरुले स्कुटर चैत १४ गते राति हल्लनचोकबाट चोरी गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।

उनीहरुले पुराना मोडलका स्कुटर चोरी गरी केही दिन चलाएर अन्यत्र छोड्ने गरेको तथ्य खुलेको प्रहरीले बताएको छ । थप अनुसन्धानका क्रममा विभिन्न स्थानबाट १० वटा चोरी भएका स्कुटर फेला पारिएको प्रहरीले जनाएको छ। गोरखाका दिनेश गुरुङ पोखरा–१६ दीपमा बस्दै आएका थिए। दिनेश गुरुङ सहित ५ जनाले भलामबाट चोरी भएको स्कुटर नागथान क्षेत्रमा लगी चलाएका थिए। तीन दिनपछि स्कुटर पुनः चलाएर लैजाँदै गर्दा डाँडा कटेरीमा पुग्दा बिग्रिएपछि ट्यांकीमा आगजनी गरेको खुल्न आएको छ। पक्राउ परेका आठै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->