आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

दृष्टिविहिन शिक्षक सापकोटा जर्मन प्रस्थान

दृष्टिविहिन शिक्षक सापकोटा जर्मन प्रस्थान


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८१, सोमबार

पोखरा/  तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलनमा भाग लिन दृष्टिविहिन शिक्षक एवम् कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा जर्मन प्रस्थान गरेका छन् ।

जर्मन र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने सो सम्मेलनमा भाग लिन सापकोटा सोमवार विहान प्रस्थान गरेका हुन् । जर्मनमा अप्रिल १ तारिखमा हुने शिभिल सोसाईटी फोरम र २ र ३ तारखिमा हुने ग्लोबल डिसएबीलिटी समिट (जीडिएस) मुख्य कार्यक्रम र शिक्षा सम्बन्धी साइडी इभेन्टहरुमा उनी सहभागि हुने छन् । सापकोटा अप्रिल ५ तारिखमा सम्मेलनमा भाग लिएर नेपाल फर्कने कार्यक्रम छ ।

संस्कृत मावि पोखरा–१ बगरमा मावि तहको अङ्ग्रेजी स्थायी शिक्षक सापकोटा २०६६ सालदेखि शिक्षण पेशामा आवद्ध छन् । साथै उनी पृथ्वीनारायण क्याम्पसमा समेत अध्यापन गराउदै आएका छन् । विगत २५ वर्षदेखि अपाङ्गता र सञ्चार क्षेत्रमा रहेर उनले कार्य गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->