पोखरा/ नेकपा एमाले जिल्ला कमिटी कास्कीले गणतन्त्रको पक्षमा जागरण अभियान २०८१ अन्तर्गत सोमबार बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ । र्याली देशव्यापी अभियान हो ।

पोखराको प्रर्दशनी केन्द्रमा भेला भएर मोटरसाइकल र्याली सुरु भएको हो । र्यालीले पोखराको विभिन्न भागको परिक्रमा गरेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । र्याली पृथ्वीचोक, मुस्ताङचोक, बिरौटा, राष्ट्रबैंकचोक, शहिदचोक, लेकसाइड, हल्लनचोक, जिरोकिमी, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, भैरवटोल, विन्ध्यवासिनी, ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस गेट, नदिपुर, महेन्द्रपुल रानीपौवा, हस्पिटलचोकहुँदै अमरसिहंचोकमा पुगेर सभामा परिणत भएको थियो ।





