सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मेलमिलापकर्तालाई कानूनी सचेतना

मेलमिलापकर्तालाई कानूनी सचेतना


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०८१, सोमबार

बागलुङ/स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापनाको क्रम चलेको छ । सोही क्रममा दक्षिण बागलुङको बरेङ गाउँपालिकामा क्रियाशिल मेलमिलापकर्तालाई कानूनी सचेतना र अभिमूखीकरण गराइएको हो ।

कार्यक्रममा कानूनबिद तथा नेपाल सरकारका पूर्वसचिव काशीराज दाहालले स्थानीय तह बलियो भयो भने संघियता बलियो हुने भन्दै स्थानीय तहलाई नै बलियो र जवाफदेही बनाउन संघिय सरकारले पहल गर्नुपर्ने बताए । उनले कानूनको मस्यौदा गर्ने र कार्यान्वयन गर्ने स्थानमा कानूनका अधिकृतहरु राख्ने व्यवस्थाका लागि पनि जनप्रतिनिधिले पहल गर्नुपर्ने धारणा राखे ।

कानूनी सचेतनाका लागि दाहालले तीन दिनसम्म सहजीकरण गर्दै नेपालको कानूको वर्तमान अवस्था, स्थानीय सरकारको काम कारवाही र अधिकार तथा मेलमिलाप कर्ताको भूमिकाबारे प्रष्ट पारेका थिए । मेलमिलापकर्ताको अभिमूखीकरणमा जिल्ला न्यायाधिस रमेशकान्त अधिकारी, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ लगायतले पनि सहजीकरण गरेका थिए ।

विशेषगरी मेलमिलापकर्ताको भूमिका र विवाद व्यवस्थापन सम्बन्धी जानकारी गराइएको थियो । त्यसबाहेक स्थानीय सरकारको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन, जनप्रतिनिधि तथा कर्मचारीको काम कर्तव्य अधिकारबारे पनि कार्यक्रममा प्रष्ट्याइएको थिाये । जनशक्ती व्यवस्थापन, जनप्रतिनिधि र कर्मचारी बीचको अन्तरसम्बन्धबारे समेत कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले स्थानीय सरकारलाई सफल बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । वडा र समुदाय तहमा मेलमिलापबाट विवादको टुंगो लगाउन सकियो भने गाउँपालिका तहमा कार्यबोझ कम हुने र पालिकाको गरिमा उचो हुने उहाँको भनाई थियो । कार्यक्रममा ५ वटै वडाका जनप्रतिनिधि र मेलमिलापकर्ता गरी ५५ जना सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->