पोखरा/ जिल्ला खेलकुद विकास समिती कास्कीको अध्यक्षमा मिलन गुरुङ सिफारिस भएका छन् । रिक्त रहेको खेलकुद विकास समितीमा गण्डकी प्रदेश मन्त्री स्तरिय निर्णयबाट कास्कीको अध्यक्षमा मिलन गुरुङलाई सिफारिस गरिएको हो ।
यस्तै उपाध्यक्षमा तिलक अधिकारी, सचिवमा अन्जु केसि र कोषाध्यक्षमा विग्नेश थापालाई सिफारिस गरिएको हो ।
मिलन गुरुङ गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष तथा कास्की जिल्ला फुटवल संघका पुर्व अध्यक्ष हुन गुरुङकै कार्यकालमा पोखरा रंघशालामा फुटबल रंगशाला निर्माण भएको थियो ।
उनी कास्की जिल्ला फुटबल संघकै अध्यक्ष हुदां फिफाको ड्रीम प्रोजेक्ट अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका भेडावारीमा ठूलो परियोजना ल्याइए पनि उनको कार्यकाल सकिएसंगै त्यो परियोजना नै छायाँमा परेको छ ।





