आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गण्डकीका मन्त्री थापाले एक वर्षमा तलवभत्तासहित १० लाख रूपैयाँ सामाजिक सेवामा खर्चिए

गण्डकीका मन्त्री थापाले एक वर्षमा तलवभत्तासहित १० लाख रूपैयाँ सामाजिक सेवामा खर्चिए

७ वर्षको अवधिमा ७९ लाख ४२ हजार ३२४ रुपैयाँ सामाजिक सेवामा


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०८१, मंगलबार
oplus_2

पाेखरा / गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले तपछिल्लो एक वर्षको अवधिमा मन्त्री र सांसदको सेवासुविधासहित प्राप्त तलबसहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवामा खर्चिएका छन् ।

कास्कीको निर्वाचन क्षेत्र २ को ख बाट २०७४ र २०७९ को प्रदेश सभामा निर्वाचित थापाले आफुले पाएको सबै तलवसहित केही थपेर सामाजिक सेवामा खर्च गर्दै आएका छन् । थापाको यो सहयोग सातौ वर्षको हो र, हालसम्म ७९ लाख ४२ हजार ३२४ रुपैयाँ खर्चिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले जनाए ।

२०८० फागुनदेखि हालसम्म बैंक खातामा प्रदेश सभा सचिवालय र मन्त्रालयबाट प्राप्त ९ लाख ९ हजार ९४ रुपैयाँसहित आफूले थप गरी १० लाख एक हजार ३२४ रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको उनले बताए । थापाले पहलिोपटक गण्डकी प्रदेश सभाको सदस्य हुदै गर्दा नै सांसदको रुपमा प्राप्त हुने सबैखाले सेवासुविधा जनताकै निम्ति खर्चिने प्रतिवद्धता जनाएका थिए । यस्तो रकम स्थानीय जनताकै माग बमोजिम नै रचनात्मक कार्यको लागि प्रदान गरिएको मन्त्री थापाले बताए । पछिल्लो सहयोग विभिन्न ३६ क्षेत्रमा रहेको विवरण उनले सार्वजनिक गरे । जनप्रतिनिधिको हैसियले जनताको चाहना पुरा गर्न कुनै कसुर बाँकी नराखेको बताएका मन्त्री थापाले प्रदेश सरकारसंग सिमित स्रोत र साधनका कारण भनेजस्तो बिकास निर्माण गर्न नसकेको भने स्विकारे ।

पत्रकार सम्मेलनमा मन्त्री थापाले प्रदेश सभाको पहिलो कार्यकालमै प्रदेशको नामांकन गर्ने विशेष समितिको संयोजक भएर जिम्मेवारी पुरा गरेको बताए । जुन काम ऐतिहासिक महत्वको रहेको उनको भनाई थियो । थापा पहिलो कार्यकालमै कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री भएका थिए । उक्त मन्त्रालयको काम संघीयताको व्यवहारिक कार्यान्वयनको लागि आवस्यक पर्ने कानुन निर्माण गर्ने र थिती बसाल्ने जिम्मेवारी रहेको र त्यो पनि आफुले निष्ठापूर्वक सम्पन्न गरेको दावी उनको थियो । प्रदेश सभाको दोस्रो कार्यकालमा उनी अहिले पनि मन्त्री बनेका हुन् । ‘प्रदेशको समृद्धि यात्रामा निरन्तर अगाडि बढिरहेका छौ’, उनले भने, ‘तर, दुखका साथ भन्नुपर्छ, सिंहदरवारको सुस्त गतिका कारण हामीले जनअपेक्षा अनुसार सोचेजस्तो काम गर्न सकेका छैनौ ।’ संघ सरकारले जवसम्म प्रदेशलाई आत्मनिर्भर बनाउने गरी कानुन बनाउँदैन, त्यही अनुसारको बजेट दिदैन तवसम्म हामीले सोचेजस्तो काम गर्न सक्दैनौ भन्नेमा हामी सबै प्रष्ठ हुनु जरुरी रहेको आफुले महशुष गरेको उनले बताए ।

थापाले आफु अहिले मन्त्री हुँदा पनि धेरै राम्रो काम गरेको सुनाए ।
हेर्नुहोस कहाँ कति सहयोग गरे मन्त्री थापाले

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->