बागलुङ/मुस्ताङको मुक्तिनाथमा हुने ६ महिने मुक्तिनाथ महायज्ञका लागि बागलुङमा पनि रथ यात्रा हुने भएको छ । चैत १७ गते गजेन्द्रमोक्ष धाम नवलपुरबाट शुरु भएको रथयात्रा बुधबार बागलुङ आउन लागेको हो ।
स्वामी कमलनयनाचार्यको अगुवाईमा हुन लागेको ६ महिने महायज्ञका लागि रथ बागलुङहुँदै मुस्ताङको मुक्तिनाथ जान लागेको हो । बुधबार बागलुङका विभिन्न धार्मिक संस्थाहरुले उक्त रथयात्राको स्वागत गर्ने तयारी गरेका छन् ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको नेतृत्वमा बसेको बैठकले रथयात्रालाई साथ दिने निर्णय गरेको हो । बुधबार पोखरादेखि प्रस्थान गर्ने रथयात्रा बागलुङ बजार परिक्रमा गरेर पञ्चकोटमा पुगेर रोकिने छ ।
बिहिबार पुनः गलेश्वर जनेछ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समिति, राधाकृष्ण मन्दिर, गौरीधाम मन्दिर, शालिग्राम संग्राहलय, महिला हित सहकारी लगायतका ंसंस्था रथयात्रा अभियानमा जोडिने छन् । महायज्ञ आगामी बडादशैको विजयादशमीसम्म चल्ने छ । त्यसपछि प्रसाद लिएर रथ पुनः नवलपुर फिर्ता हुने छ ।





