आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा २८ लाई लक्षित गरि कोक्यापको परामर्श कार्यक्रम

पोखरा २८ लाई लक्षित गरि कोक्यापको परामर्श कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०८१, बुधबार

पोखरा/  पोखरा महानगरपालिका– २८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एवं दीगो सामाजिक आर्थिक विकासका लागी रणनितीहरु विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै गैसस महासंघका निर्वतमान अध्यक्ष तथा गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले यस्ता महत्वपूर्ण छलफलले वास्तविक रुपमा विकास निर्माण तथा आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान रहने बताए ।  कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले शान्तिका लागि साझा अभियान कोक्यापले आफ्नो कार्यक्रमको लागि पोखरा २८ लाई छनोट गरेकोमा धन्यवाद दिदै समग्रमा पोखरा २८ मा विकास निर्माण तथा कृषिको प्रचुर सम्भावना रहेको भएता पनि विविध कारण जस्तै खानेपानी, बादर आतंक लगायत अन्य कारणले स्थानीयलाई अप्ठ्यारो परेको र यसमा वडाले आफ्नो तर्फबाट दिर्घकालिन योजना बनाएर काम गरिरहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले विभिन्न विषयमा प्रशिक्षण दिदै पोखरा २८ मा कृषि देखि विभिन्न कुराहरू सम्भावना रहेको बताए । कोक्यापका अध्यक्ष वीरबहादुर किसानको अध्यतामा भएको परामर्श कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य मनोहरि पौडेल, कृषि सन्जाल पोखरा २८ का अध्यक्ष राधाकृष्ण तिवारी, सहजकर्ता तथा अध्यनकर्ता बबिन नेपाली लगायतले कार्यक्रमको बारेमा बोलेका थिए । सहजकर्ता केशु भुजेलले सन्चालन गरेको कार्यक्रममा कोक्यापका कार्यक्रम संयोजक शुसिला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->