बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा गतिलै फड्को मार्दैछ– मन्त्री पाठक

गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा गतिलै फड्को मार्दैछ– मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०८१, बुधबार

पोखरा/ गण्डकी प्रदेशमै पहिलो पटक हेमोडाइलासिस ट्रेनिङ सेन्टर संचालनमा आएको छ । पोखरा महानगरपालिका–२७ मोहरियामा रहेको प्रदेशस्तरिय जनरल तथा सरुवा रोग अस्पतालमा एक समारोहबीच प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बुधवार सो ट्रेनिङ सेन्टरको शुभारम्भ गरेका छन ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पाठकले गण्डकी प्रदेशमा मिर्गौलाका बिरामीहरु दिन प्रतिदिन बढ्दै गएको र अस्पतालहरुमा रहेका हेमोडाइलासिस केन्द्रहरुमा प्राबिधिक जनशक्तिको अभाव हुदै गएकोले प्रदेशभित्रै तालिम केन्द्र संचालन गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको हुदा उक्त तालिम केन्द्र संचालन गरिएको बताए ।

गण्डकी प्रदेशभित्र अहिले हेमोडायलासिस केन्द्रहरु १६ वटा रहेको र सो केन्द्रहरुमा ८१४ जना बिरामीहरुले नियमित डायलासिस सेवा लिनुका साथै ९९ जना बिरामीहरु पालो पर्खाईमा रहेको हुँदा पर्खाइलाई शुन्य गर्ने स्वास्थ्य मन्त्रालयको नीति भयको समेत मन्त्री पाठकले जानकारी दिए । प्राइभेट डायलासिस केन्द्रहरुबाट एक जना बिरामी बरावर ८ देखी १० हजार सम्म प्रति पटक डायलासिस गराएको खर्च हुने गरेको र एक जना बिरामीको महिनामा कम्तिमा १४ पटक सम्म डायलासिस गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकारी स्तरबाट नै बिरामीहरुलाई निशुल्क डायलासिस उपचार गर्ने मन्त्रालयको नीति रहेको पनि मन्त्री पाठकको भनाई छ ।

आर्थिक दृष्टिकोणले यो सेवाबाट नागरिकको ठुलो खर्च जोगिएको र एक जना सेवाग्राहिले मासिक कम्तिमा १४ पटक डायलासिस गर्नु पर्ने हुन्छ । यसरी ८१४ जना सेवाग्राहिले डायलासिस गर्दा मासिक ११ करोड ३६ लाख ६० हजार हुन जान्छ । गण्डकी प्रदेशमा मात्र सरकारले यतिठुलो रकम निशुल्क गर्दै आइरहेको छ । यसबाट सेवाग्राहिलाई पर्नजाने ठुलो आर्थिक भार सरकारले ब्यहोर्नु परेको समेत मन्त्री पाठकले बताए ।
प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक हेमन्त शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव सुरज गुरङ, डा. रेखा पौडेल, मनमोहन मिश्र, चिकित्सा महाशाखाका प्रमुख डा. रमेश के. सी. अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लगायतले सो कार्यक्रममा शुभ कामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->