सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८१, बिहिबार

तस्बिर : जिल्ला प्रहरी कार्यालय बागलुङ

बागलुङ/जिल्लाको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

गलकोट नगरपालिका वडा नं. ३ खसगाउँबाट हटियाको कोटमैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जीप बिहिबार बिहान ११ बजे खसगाउँमा दुर्घटना हुँदा गलकोट नगरपालिका ११ रिघाका २२ वर्षिय विष्णु रानाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर घाइते हुनुभएका रानाको उपचारको क्रममा गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ५ सर्दाखेतका २२ वर्षिय चालक राजन विक, गलकोट ४ डाँडाखेतका १९ वर्षिय रमेश सुनार, गलकोट ३ बोहराफाँटका १९ वर्षिय अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । घाइते तीन नै जना गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।

कच्ची सडकमा जीप अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल खस्न गई दुर्घटना भएको हो । घटनाको खरबलगत्तै प्रहरी चौकी हटियाको टोली र स्थानीयले घाइतेको उद्वार गरेका थिए । घाइतेहरुको निधार, गाला, हात र शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->