बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
घरदेखि अन्दाजी २ सय पूर्वमा रहेको आफ्नै खरबारीमा घाँस काट्ने क्रममा लडेर घाइते हुनुभएका तमानखोला गाउँपालिका वडा नं. १ हिल निववासी ५० वर्षिय इन्द्र बहादुर घर्ती मगरको उपचारको क्रममा पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।
टाउको चोट लागेर गंभीर घाइते मगरको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत मणिपाल अस्पताल पोखरा पठाइएको थियो । बिहिबार बिहान सवा दश बजे लडेर घाइते हुनुभएका मगरको उपचारको क्रममा आजै दिउँसो पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।





