आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

खौलालाँकुरी पोखरा सम्पर्क समाजको नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन

खौलालाँकुरी पोखरा सम्पर्क समाजको नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८१, शुक्रबार

पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराद्वारा प्रकाशित नयाँ वर्ष २०८२ को भित्तेपात्रो (क्यालेन्डर) शुक्रबार सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागी सबैजनाले सामुहीक रुपमा क्यालेन्डरको बिमोचन गरेका थिए । समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ स्थायी घर भई हाल पोखरामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएकाहरु आवद्ध संस्था हो ।

कार्यक्रममा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान पनि गरिएको थियो । सहभागी सम्पूर्णले एकापसमा शुभकामना आदानप्रदान गर्दै समाजको प्रगतिको कामना पनि गरेको थिए । कार्यक्रममा हालैमात्र सहायक प्रशासकीय अधिकृतमा बढुवा भएका पवन सुवेदी र न्याय सेवा सरकारी वकील समुहको स्थायी जागिरमा प्रवेश गरेका प्रेम पौडेललाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष पिताम्बर पौडेल, निवर्तमान अध्यक्ष जितेन्द्रबहादुर कुँवर, संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्री, सल्लाहकारहरु दुर्गाराज सुवेदी, कोपिला क्षेत्री केसी, पूर्व सल्लाहकार हर्कबहादुर कार्की क्षेत्रीले उनीहरुलाई सम्मान गरेका थिए । यसैगरी क्यालेन्डरमा विज्ञापन दिनुहुने (५ हजार देखिमाथि सहयोग) विज्ञापनदाताहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहेका समाजका अध्यक्ष पिताम्बर पौडेलले समाज सामाजिक कार्यमा निरन्तर क्रियाशील रहेको जनाउँदै क्यालेन्डर प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । समाजका बरिष्ठ उपाध्यक्ष लालप्रसाद शर्माले कार्यक्रममा स्वागत मन्तव्य राख्नुका साथै संस्थाको परिचय र गतिविधिबारे प्रकाश पारेका थिए । क्यालेन्डर प्रकाशन सम्बन्धी जानकारी क्यालेन्डर प्रकाशन संयोजक एवं समाजका सचिव प्रेम सुवेदीले दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->