आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सम्पर्कबिहीन चिनियाँ नागरिक १३ दिनपछि मृत फेला, सशस्त्र प्रहरीले गर्यो शवको उद्धार  

सम्पर्कबिहीन चिनियाँ नागरिक १३ दिनपछि मृत फेला, सशस्त्र प्रहरीले गर्यो शवको उद्धार  


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८१, शनिबार
पोखरा/ हिमपहिरोमा परेर बेपत्ता भएका एक चिनीयाँ पर्यटकको शव सशस्त्र प्रहरीको टोलीले आज उद्धार गरेको छ । यही चैत ११ गते दिउँसो साढे १२ बजेको समयदेखि हराइरहेका २८ वर्षीय चिनीयाँ नागरिक इ चेङ युअनको शव भेटिएको थियो ।
अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकतर्फ फर्किदै गरेका युअन कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउरालीस्थित चुम्‍रुङबाट सम्पर्कविहीन भएका थिए । उक्त स्थानमा सो दिन हिमपहिरो आएको थियो । उनी सोही हिमपहिरोमा परेको हुनसक्ने संभावना देखिएपछि उनको खोजी सुरु गरिएको थियो ।
तत्कालै स्थानिय बासिन्दा र नेपाल प्रहरीले खोजी गरे पनि उनी फेला पर्न सकेका थिएनन् । त्यसपछि चैत १६ मा सशस्त्र प्रहरी खटाइएको थियो । सशस्त्र प्रहरीको कालीका गण मालेपाटन पोखराबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा आवश्यक विपद् उद्धारका सामाग्रीहरुसहित बिशेष बिपद् उद्धार टोली खटिएको थियो ।
आज शनिवार विहान सवा १० बजेको समयमा अन्नपूर्ण गाउँपालिका(ज्ञज्ञ देउराली, चुम्‍रुङ्गस्थित मोदी नदी किनारबाट द्दण् मिटर उत्तरतर्फ झोला बोकी घोप्टो परेको अवस्थामा युअनको शव फेला परेको र उक्त शवलाई १ज्ञ बजेर द्दण् मिनेटको समयमा घटनास्थलबाट बाहिर निकालेको कालिका गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->