आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रहेनन् शिक्षासेवी तारा बराल

रहेनन् शिक्षासेवी तारा बराल


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०८१, शनिबार

पोखरा/ पोखराका एक अग्रज शिक्षासेवी तारानाथ बरालको शनिवार निधन भएको छ । लामो समयदेखि अस्वस्थ बरालले २०३६ सालदेखि त्रिभुवन बिश्वबिद्यालय अन्तरगत महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा अध्यापन गराएका थिए ।

२०७४ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट सेवानिबृत्त बराल बि.स. २०१० साल असोज २१ गते कास्कीको मादी गाउँपालिका तप्राङमा जन्मेका थिए । उनले २०४४ सालदेखि २०५१ सम्म भानुभक्त क्याम्पस बेलचौतारा तनहुँको क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए । मानव अधिकार कास्कीका पूर्वअध्यक्षसमेत रहेका बरालका केही पुस्तक र थुप्रै लेखरचना प्रकाशित छन् । अत्यन्तै सरल र सहज स्वभावका बरालको निधनबाट पोखराले एक शैक्षिक धरोहर गुमाउनु परेको शिक्षासेवी हरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->