सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ अधिकृत सेवा समाज गठन, अध्यक्षमा बलराम रिजाल

बागलुङ अधिकृत सेवा समाज गठन, अध्यक्षमा बलराम रिजाल


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८१, आइतबार

काठमाडौं / बागलुङ जिल्लाबाट सार्वजानिक सेवामा सेवारत अधिकृत कर्मचारीहरुको भेलाले बागलुङ अधिकृत सेवा समाज गठन गरेका छ । नेपाल सरकारका सहसचिव बलराम रिजालको अध्यक्षतामा बागलुङ अधिकृत सेवा समाज गठन गरिएको हो । सेवा समाजको उपाध्यक्षमा कृष्ण सापकोटा, सचिवमा भेषराज शर्मा, कोषाध्यक्षमा पुष्पा घिमिरे र  सहसचिवमा दिपेश रिजाल रहेका छन् । समाजको सदस्यहरुमा अनिता पौडेल, राम आचार्य, मोहदत्त भट्ट, ध्रुव शर्मा, जीवन पौडेल र नारायण रायमाझी रहेका छन् ।

बागलुङ जिल्लाबाट सार्वजानिक सेवाहरु निजामती, न्याय, स्वास्थ्य, शिक्षा, सुरक्षा निकाय र सार्वजानिक संस्थानमा कार्यरत अधिकृत र सोभन्दा माथि सेवारत कर्मचारीहरु यो सेवा समाजमा आवद्ध रहेको उपाध्यक्ष सापकोटाले वताए । समाजले जिल्लाको विकास र नीति मामिलामा सहजीकरण गर्नुका साथै अधिकृत वा सो भन्दा माथिको जनशक्तिको वृति विकास र मानव पुँजी निर्माणमा सहयोग पुराउने काम गर्नेछ ।

समाजलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिएको छ । समाज दर्तापछि वसेको कार्य समितिको पहिलो बैठकले बागलुङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र लगायतका विषयहरु समावेश गरेर भित्ते पात्रो प्रकाशन गर्ने र आगामी वैशाख १३ गते काठमाडौंमा वृहत भेला तथा बनभोज कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सचिव शर्माले बताए । सो भेलामा सहभागिताका लागि समाजले जिल्लाबाट यो सेवाक्षेत्रमा कार्यरत सवै कर्मचारीलाई सहभागिताका लागि समेत अनुरोध गरेको छ । त्यसको तयारीका लागि १०१ सदस्यीय तयारी समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->