सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एलिना चौहानको गीतमा झुम्यो बागलुङ

एलिना चौहानको गीतमा झुम्यो बागलुङ


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०८१, शनिबार

बागलुङ/गीत संगीतमा बागलुङेहरु निकै रमाउँछन् । चैतेदशै मेलामा दर्जन कलाकारको गीतसंगीतमा झुमेका बागलुङबासी शुक्रवार गायिका एलिना चौहानको गीतमा पनि छमछमी नाचे । डिभोर्स गरेको तीन महिना नबित्दै बागलुङ आएर गीत गाउँदा एलिनाले सयौंको माया पाइन् ।

वास्तविक जीवनमा उनको मायाप्रेम छुटेपनि गीतसंगीत प्रतिको लगाव र बागलुङको माया भने झनै बढेको शुक्रवारको प्रस्तुतीले देखायो । उनको वास्तविक जीवन र डिभोर्स एकातिर भएपनि गीतसंगीत सबैको साझा हो । बागलुङका आम दर्शक र श्रोताले भने उनको प्रस्तुती र गीतमा वास्तविक जीवनमा मेल खाएझै अनुभव गरे ।

सातादेखि बागलुङमा आयोजित चैतेदशै तथा नयाँ बर्ष मेलामा आइपुगेकी चौहानले ‘छुट्यो पिरिम’ गीत गाएर दर्शकलाई भावुक बनाइन् । त्यसो त उनका बर्षौ पुराना ‘धोकेबाज हौ तिमी’, ‘मेरो छुनुमुनु हौ’, ‘तिमिले धोका दियौ भने कट्टा हान्दिन्छु’ जस्ता गीत चर्चित छन् । शुक्रवार बागलुङ एकता क्लबले आयोजना गरेको मेलामा उनले यस्तै गीत गाइन् । एकबर्ष बागलुङेकी बुहारी भएर बसेकी चौहानले आफ्नो बिगत त केही बोलिनन् । तर उनका जति गीत प्रस्तुत भए अधिकांस वास्तविक जीवनमा मेल खाएझै थिए ।

मञ्चमा उभिंदा दर्शकले के भन्लान भन्ने धेरैको चासो थियो । तर गायिका चौहान आउने प्रतिक्षामा बसेका सयौं दर्शकले ताली बजाएर समर्थन गरे । उनले पनि आफ्नो व्यक्तिगत धारणा केही राखिनन् । बरु ‘धोका दिनेलाई कट्टा हान्दिने हो’ भन्दै कट्टाको धेरै अर्थ बताइन् । ‘कट्टालाई कसैले बन्दुक भन्छन्, कसैले बाल मतलब नदिने हो भन्छन्, म भने कट्टा हान्नेमा मायानै माया दिने हो’ उनले भनिन्, ‘मेरो कट्टाले धोका दिनेलाई पनि पछुतो होस् ।’ यति धारणा मात्रै राखेर उनले मंचमा दर्जन गीत गाइन् ।

‘मिनिरल वाटर’, ‘गोदावरी बनैमा’, ‘कुराकाट्ने मान्छेले काटुन्’ जस्ता गीतमा दर्शकहरु छमछमी नाँचे । हरेक गीतमा तरर ताली बजे । ‘कट्टा हान्दिन्छु’ र ‘छुट्यो पिरिम’ गाउदा वान्स मोरको बर्षा भयो । तर उनले ती गीत दोहो¥याइनन् । गायक दुर्गेस थापालाई सम्झेर उनले समेत साथ दिएको ‘दुश्मन हेरेको हे¥र्यै’ गीत भने दुइपटक गाइन् ।

चैतेदशैको अबसरमा चैत १९ गतेदेखि नै बागलुङ कालीका मन्दिर परिसरमा मेला संचालनमा छ । साथै यो मेलालाई नै नया बर्ष सम्म लम्ब्याउन बागलुङ एकता क्लबले मेलामै विविध सास्कृतिक कार्यक्रम आयोजना गरेको छ । यो मेलामा भने लोकगीत संगतीका स्रस्टा मात्र नभइ विभिन्न व्याण्डका पप गायक समेत बोलाइएको क्लबका अध्यक्ष इन्सान थापाले बताए । अंग्रेजी र नेपाली नयाबर्षमा पोखरा धाउनेहरुलाई जिल्लामै रोकेर मनोरञ्जन दिन चैतेदशै मेलामा थप कार्यक्रम जोडेको उनले जानकारी दिए ।

बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले भने मेलामा गायक बसन्त थापा, बिष्णु खत्री, शिव परियार, श्रीकृष्णबम मल्ल, लक्ष्मी मल्ल, थानेश्वर गौतम जस्ता दर्जनौं कलाकारको जमघट समेत गराइसकेको छ । मेलामा खेलकुँद, रमाइलो मेला, दोहोरीगीत, भलिबल र छेलो प्रतियोगिता पनि संचालन भए । बैसाख १ गते सम्म यो मेलालाई संचालन गरिने छ । मेलाले सयौं दर्शक, पर्यटक तथा कालीका मन्दिरमा भक्तजन आएका छन् । पर्यटन प्रवद्र्धन र व्यवसायकालागि मेला फलदायी भएको होटल व्यवसायी महासंघ, गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->