सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विद्यार्थीलाई शैक्षिक र खेल सामग्री सहयोग

विद्यार्थीलाई शैक्षिक र खेल सामग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०८२, मंगलबार

बागलुङ/समाजसेवी तथा फर्निचर व्यवसायी प्रदिपज्योति शेरचनले बागलुङ नगरपालिका वडा नं. ७ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई १ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक र खेल सामग्री सहयोग गरेका छन् ।

सोमबार विद्यालयका विद्यार्थीलाई गण्डकी प्रदेशसभाकी सदस्य तथा माओवादी केन्द्रकी प्रमुख सचेतक कुशुम बुढामगरले ती सामग्री बिद्यार्थीलाई हस्तान्तरण गरिन् । शेरचनले केही दिन अघिमात्र उक्त विद्यालयका विद्यार्थीको अबस्था कमजोर भएको थाहा पाएपछि सामग्री बितरण गरेको बताए ।

केही वर्ष अघिदेखि नै शेरचनले विभिन्न जिल्ला र ग्रामीण क्षेत्रमा पुगेर शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा सहयोग गर्दै आएका थिए । बुढाले केही समय अघि उक्त विद्यालयमा पुग्दा बालबालिका खाली खुट्टा र कपडासमेत नभएको अवस्थामा विद्यालय आएको देखेपछि शेरचनलाई उक्त जानकारी गराएकी थिइन् । शेरचनले पनि उक्त सूचना पछि तत्काल विद्यार्थीलाई सामग्री सहयोग गर्ने योजना बनाएका थिए ।

विद्यालयमा ५१ दर्जन कापी, सोही संख्यामा पेन्सिल, ५१ सेट ट्रयाकसुट, जुत्ता मोजा, ग्याँस सिलिण्डर, खानेपानीको जार, पानी तातो राख्ने हटइन्फोन्सर, स्टेशनरी, भलिबललगायतको खेल सामाग्री समेत सहयोग हस्तान्तरण गरिएको हो । शेरचन र बुढाले प्रधानाध्यापक केशव गौतम र अध्यक्ष श्याम बिकलाई सामग्री दिइएको हो भने विद्यार्थीको सामान भने हातहातमै दिइएको थियो ।

सामग्री हस्तान्तरण पछि बुढाले हुँदा खाने र हुनेखानेबीचको खाडल मेटाउन सबैको साथ चाहिने बताइन् । स्थानीय सरकारदेखि संघीय सरकारसमेतले यो खाडल पुर्ने योजना ल्याउनुपर्ने भन्दै गुणस्तरीय शिक्षाका लागि पनि शिक्षक, अभिभावकको पहलमा राज्यको लगानी बढाउनुपर्ने बताइन् । उनले हँुदा खानेलाई हुनेखानेले सहयोग गरेमा यो समस्या समाधान गर्न सकिने पनि बताइन् ।

कार्यक्रममा शेरचनले भ्विष्यका कर्णधारलाई सबैको साथ र सहयोग चाहिने बताए । ‘निजी क्षेत्रमा पढ्ने विद्यार्थीहरु सबै विदेश जाने गरी योजना बुन्छन्, देशमै बसेर काम गर्न खोज्नेले पढ्न पनि पाएका छैनन्, त्यसैले सहयोग गर्न खोजेको हुँ,’नले भने, ‘यो मेरो संकेत मात्रै हो, वास्तविक सहयोग त राज्यले गनुर््पर्छ ।’ उनले सामुदायिक विद्यालयको भवन बनाउन करोडौ सहयोग भएपनि गुणस्तर सुधार र बालबालिकाको समस्याबारे सहयोग नभएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बिकको अध्यक्षता, शिक्षक यशोदा पौडेल गैरेको संचालन र यामप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा स्थानीय महेन्द्र बिक, प्रअ केशव गौतमलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->