आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निरज बने टेनिसका कान्छा प्रशिक्षक

निरज बने टेनिसका कान्छा प्रशिक्षक

जसले सिकाउछन् माल्दिभ्समा टेनिस


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८२, बुधबार

पोखरा/गण्डकीका टेनिस खेलाडी निरज गुरुङ यतिबेला भारतको दिल्लीमा छन् । तनहुँ घरभइ पोखरा बस्दै आएका २५ वर्षिय निरज भारतमा आजबाट आयोजना हुने यु–१४ डेभलप्मेन्ट च्याम्पियनसिपको फाइनलमा माल्दिभ्सको टिम लिएर पुगेका हुन् । उनी माल्दिभ्सको मुख्य प्रशिक्षक बनेर भारत पुगेका छन् । गण्डकीका उनी विगत चार वर्षदेखि माल्दिभ्समा प्रशिक्षकको रुपमा रहेका छन् । भारतमा आयोजना हुने यु–१४ च्याम्पियनसिपमा उनी सबैभन्दा कान्छा प्रशिक्षकसमेत हुन् । २० अप्रिलदेखी ४ मे सम्म प्रतियोगिता सञ्चालन हुदैँछ । उक्त प्रतियोगितामा चीन, हङकङ, भारत, इन्डोनेसिया, इरान, जापान, काजकिस्तान, कोरिया, मलेसिया, म्यानमार, थाइल्यान्ड, तुर्कुमेनिस्तान, चाइनिज ताइपे, उजवेकिस्तान, भियतनाम, आईटीएफ यु १४ का दुई टिम तथा माल्दिभ्स गरी १६ राष्ट्र तथा २ आइटीएफको टिमको सहभागिता छ । त्यहि प्रतियोगितामा उनी सबैभन्दा कान्छा प्रशिक्षक समेत हुन् ।

माल्दिभ्सले प्रशिक्षकको जिम्मेवारी दिएपछि उनीमा खुसी छाएको छ । आफूलाई ठूलो जिम्मेवारी प्रदान गरिएको र त्यसमा सफलता हात पार्न सकेको मिहेनत गर्ने निरज बताउछन् । ‘यहाँ सबै सिनियर कोचमात्रै हुनुहुन्छ सबैभन्दा सानो कोच म मात्रै हुँ । मलाई पनि खेलाडी नै सोचेका थिए सुरुमा’ हास्दै भन्छन्, ‘यो मेरो लागि चुनौति र अवसर हो । मलाई सानो उमेरमै माल्दिभ्सले ठूलो जिम्मेवारी थमाएको छ । यहाँबाट सफल भएर जाने सोँचमा छु ।’

(तस्वीर : माल्दिभ्सका खेलाडीका साथमा मुख्य प्रशिक्षक निरज बीचमा ।)

उनले करिन, कियारा, लुथ एग्लेम र मिकालाई प्रतियोगितामा लगेका हुन् । सानै उमेरमा माल्दिभ्स पुगेका निरजले छोटो समयमै यो सफलता हात पारेका हुन् । त्यतिमात्र होइन उनले विश्व टेनिसमा चर्चित प्रशिक्षक इरानका लि रिजा, पोर्चुगलका इभो लगायतका प्रशिक्षक संगसमेत काम गरिसकेका छन् । सुरुमा एक वर्षका लागि भन्दै उनलाई माल्दिभ्स लगिएको थियो तर उनको कामले उनलाई त्यहाँ थप जिम्मेवारी प्रदान ग¥यो । अहिले माल्दिभ्सको टेनिसका लागि हरेक कार्यक्रम बनाउने समेत उनको जिम्मामा छ । टेनिसका लागि हुने हरेक इभेन्टका लागि उनी निर्देशकसमेत हुन् ।

उनले पोखरामा १४ वर्षको उमेरमा जुनियर ओपन टेनिसमा उपाधि जितेका थिए । यु १४ देखि यु १७ सम्म उनी पोखराको रेन्किङमा समेत शीर्षमै रहेका थिए । ‘एक वर्षका लागि मात्रै बस्छु जस्तो लागेको थियो यहाँको सुविधा हेर्दा र भनेको मान्दा केही गर्न मन लाग्दो रहेछ । यसरी प्रशिक्षक बनेर आउन पाउँदा निकै खुसी छु, यो मेरो लागि सफलताको खुड्किलो पनि हो । यसले मलाई टेनिस खेलप्रति अझ लगाव बढाएको छ । यिनीहरु अझ इन्प्रुभ हुन्छ भन्ने छ । मैले सिकाएको बच्चा त्यो बेला एकदमै सिक्छु भन्ने थियो । त्यहाँ सिकेर नेपालमा उतार्छु भन्ने थियो । सिकाउँदा सिकाउँदा धेरै जानियो,’ उनले भने, ‘मैले अन्तर्राष्ट्रिय धेरै टप टप प्रशिक्षक संगपनि काम गर्ने मौका पाए । आफुले धेरै बच्चाहरु धेरै हेर्नुपर्छ प्रोग्राम बनाउदा बनाउँदै जान्ने भयो पछि मलाई झन ठूलो जिम्मेवारी पाएँ । जिममेवारी पाएपछि झन अर्कै कथा हुँदो रहेछ । हिजो सिकाउने भन्ने मात्रै आज हैन मैले केहि बनाउछु भन्ने थियो ।’

भारतमा टिम लिएर जाँदा सबैजना समेत झुक्किएको उनी सुनाउछन् । यहाँ आउँदा सबैले मलाई पनि खेलाडी नै सोचेका थिए तर, म प्रशिक्षक हुँ भनेर पनि भने’ उनले हास्दै भने । तर, भारतमा पुग्दा सुरुमा आफै पनि सिनियर व्यक्तिहरु मात्रै प्रशिक्षकको रुपमा देख्दा केहि नर्भस भएपनि उनीहरुले सिकाएको देखेपछि भने सबैको सिकाइ एकै किसिमको लागेको उनी बताउछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->