बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आमा समुहका सदस्यलाई स्तन क्यान्सर सचेतना

आमा समुहका सदस्यलाई स्तन क्यान्सर सचेतना


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८२, बिहिबार

पोखरा/ प्राणघातक रोग क्यान्सर लाग्न नदिनका लागि खानपानमा ध्यान दिनु पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।

नारिशक्ति जागरण आमा समुह पोखरा–१७ आँखा अस्पतालद्वारा आयोजित स्तन क्यान्सर सम्वन्धि सचेतना एवम् नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले प्रत्येक ६ महिनामा स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जोड दिएका हुन ।

पोखरा–१७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै सचेत हुन सकेमात्र क्यान्सर रोगबाट बच्न सकिने बताइन् । रोग लागेर दुःख पाउनु भन्दा लाग्नै नदिनका लागि सचेत रहनु पर्नेमा जोड दिंदै उनले विशेष गरि खानपानमा ध्यान दिनसके क्यान्सर जस्तो प्राण घातक रोगबाट बच्न सकिने जनाइन् । कार्यक्रममा वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक अधिकृत सविना श्रेष्ठले सहभागिलाई स्तन क्यान्सर र यसका लक्ष्यण एवम वच्ने उपाएका बारेमा सहजिकरण गरेकी थिइन् ।

आमा समुहका अध्यक्ष राधादेवी लम्सालको अध्यक्षतामा भएको कार्यत्रक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, गैससका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, घारीपाटन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तोयनाथ लम्साल, छहारी टोल विकास संस्थाका अध्यक्ष दिपक गोदार, समुहका सल्लाहकार लिलाबहादुर जिसी, समुहका निवर्तमान अध्यक्ष प्यारी गुरुङ, चन्द्रमाया गुरुङ, पूर्णकला पोखरेल, सरास्वती नेपाल लगायतले क्यान्सर रोगका बारे समाज सचेत हुनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->