बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्चको आदेश (आदेशसहित)

शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्चको आदेश (आदेशसहित)


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८२, बिहिबार

काठमाडौं / सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्किन आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किन आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेल बताए। उनका अनुसार शिक्षकका जायज माग सम्बोधन गर्न, एसईई बोर्डको परीक्षाफल समयमै प्रकाशित गर्न र १२ कक्षाको परीक्षा समयमै सञ्चालन गर्न आदेश भएको हो।
‘शिक्षकको निरन्तरको आन्दोलनले देशभरि पठनपाठन प्रभावित भएको र त्यसका कारण बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै शिक्षकका जायज माग सम्बोधन गर्न, एसईईको नतिजा प्रकाशन र १२ कक्षाको परीक्षा सञ्चालन गर्न आदेश भएको छ,’ उनले भने।
‘आन्दोलनका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ। बालबालिकाको शिक्षाको अधिकार आधारभूत मानव अधिकार हो, जसलाई सुनिश्चित गर्नु राज्यको दायित्व हो,’ आदेशमा भनिएको छ। अधिवक्ता श्रवणकुमार चौधरीसहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षा र एसईई नतिजामा परेको असरप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
हेर्नुहोस् आदेश :

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->