सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

काभ्रेडाँडामा लिफ्टिङ खानेपानी

काभ्रेडाँडामा लिफ्टिङ खानेपानी


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८२, आइतबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १३ को काभ्रेडाँडामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गरिएको छ । यसअघि खोला–खोल्सीमा पुगेर पानी खेप्नुपर्दा सास्ती खेपेका स्थानीयले घरघरमा धारा निर्माण गरेका हुन् ।

काभ्रेडाँडा लिफ्ट खानेपानी सरसफाई तथा स्वच्छता आयोजनामार्फत यहाँ नेपाल स्वास्थ्यका लागि पानी, ‘नेवा’को साझेदारीमा बागलुङ नगरपालिकाले एक घर एक धारा अभियानअन्र्तगत २१ वटा धारा निर्माण गरिदिएको हो ।

काभ्रेडाँडा गाउँभन्दा केही तलको सिमको खेतमा रहेको पानीको मुलबाट लिफ्टिङ प्रविधिमार्फत कुल २४ लाख ६० हजार ७ सय रुपैयाँ लागतमा योजना सम्पन्न भएको आयोजनाका अध्यक्ष नरप्रसाद रिजालले जानकारी दिए । रिजालका अनुसार, नेवाको ११ लाख ७३ हजार ५० रुपैयाँ, बागलुङ नगरपालिकाको ८ लाख ८४ हजार ६९० रुपैयाँ र स्थानीय जनश्रमदानको ४ लाख २ हजार ९६० रुपैयाँ लागत रहेको थियो । आयोजनामार्फत १ वटा इन्टेक, २ वटा आरभिटी र २१ वटा धारा निर्माण गरिएको छ ।

लिफ्टिङ खानेपानीमार्फत प्रत्येक घरघरमा धारा ल्याउन पाउँदा यहाँ स्थानीयलाई ठुलो राहत भएको अध्यक्ष रिजालले बताए । ‘हामीले वर्षौदेखी खानेपानीको दुःख भोग्नु परेको थियो । ठुलो मेहेनतले अहिले घरघरमा धारा ल्याउन सफल भयौं, अध्यक्ष रिजालले भने, ‘बागलुङ नगरपालिकाको साझेदारीमा नेवाले खानेपानी योजनाका लागि सहयोग गर्यो, हामीले पानी मात्र हैन घरआँगन कसरी सरसफाई राख्ने पनि सिकेका छौं, त्यसैले हाम्रो गाउँलाई सफा र स्वच्छ समुदाय घोषणा गरेका छौं ।’

बागलुङ नगरपालिकाले एक घर एक धारा अभियानअन्तर्गत नेवा लगायतका संस्थाहरुको साझेदारी र स्थानीयको सहभागितामा सबैघरमा शुद्द पानी पु¥याउने लक्ष्य राखेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । काभ्रेडाँडामा पानी खसेपछि अबका दिनमा अन्य विकासको बाटोमा हिंड्न उनले सुझाए । ‘शुद्द पानी आएको छ, अब तपाइहरु रचनात्मक काममा लाग्नुहोस्’ श्रेष्ठले भने, ‘अन्य विकासका योजनामा पनि हामी साथ दिन्छौं ।’

पछिल्लो समय नगरको विकासमा नेवाले साझेदारी गर्दै आएको छ । एक घर एक धारा अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न आवस्यक सबै स्थानमा सहकार्य गर्ने नेवा गण्डकी प्रदेशका प्रमुख रमेश दाहालले बताए ।

गत भदौं २१ गते सम्झौता भएर काम सुरु भएको योजना चैत्रको पहिलो साता सम्पन्न भएको थियो । शनिबार आयोजनाको औपचारिक रुपमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका थिए । आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको ३ महिला पहिले नै सम्पन्न भैसकेको छ ।

खानेपानी उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, नेवा गण्डकी प्रदेश प्रमुख रमेश दाहाल स्थानीय लिलाधर रिजाल लगायतले बोलेका थिए । नरप्रसाद रिजालको अध्यक्षता सदस्य महेन्द्र रिजालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेवाले पश्चिम बागलुङको निसीखोला, ढोरपाटन, बडिगाड लगायतका पालिकामा दर्जनौं खानेपानी आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->