शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

स्वरुप परिवर्तन गरिएका ३५ मोटरसाइकल नियन्त्रणमा

स्वरुप परिवर्तन गरिएका ३५ मोटरसाइकल नियन्त्रणमा


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८२, आइतबार

पोखरा/ स्वरुप परिवर्तन गरेर चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै कुदाउने ३५ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएो छ । कास्की जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइ र ट्राफिक प्रहरीसमेतले यही वैशाख ३ गतेदेखि १४ गतेसम्मको अवधिमा ती मोटरसाइकल नियन्त्रणमा लिएका हुन् ।

नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माले बताए । प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा खबर गर्न अनुरोधसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->