बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ९० जना लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ९० जना लाभान्वित


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८२, आइतबार

तस्बिर : पूर्णभद्र न्युरे
बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा सञ्चालित २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ९० जना बिरामी लाभान्वित भएका छन् । ताराखोला स्वास्थ्यचौकीमा भएको शिविरबाट बिभिन्न खालका स्वास्थ्य समस्याबाट पीडित ९ सय ९० जनाको उपचार गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी ताराखोला उपशाखाको आयोजना, ताराखोला बचत तथा ऋण सहकारी संस्था र नवसिर्जना युवा क्लबको सह–आयोजना तथा फेवा सिटी हस्पिटल पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा गाउँपालिकाका साथै म्याग्दीको मालिका गाउँपालिकाका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको नवसिर्जना युवा क्लवका प्रथम उपाध्यक्ष धनबहादुर घर्तीले जानकारी दिए ।

सो अवसरमा फेवासिटी हस्पिटलको समुह, शिविर व्यवस्थापन गर्न सहयोग गर्ने संघसंस्था र समुहलाई सम्मान समेत गरिएको थियो । शिविर समापनमा ताराखोला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मनबहादुर रोका, फेवा सिटी हस्पिटलका अध्यक्ष सर्वजित अधिकारीले मन्तव्य तथा नवसिर्जना युवा क्लवका प्रथम उपाध्यक्ष धनबहादुर घर्तीले धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी ताराखोला उपशाखाका सभापति पूर्णभद्र निउरेको अध्यक्षता र सचिव कुलबहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->