पोखरा/ पोखरा विश्वविद्यालयको रजिष्टारमा डाक्टर अजय थापालाई नियुक्त गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले उनलाई आइतबार रजिष्टारमा नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए । थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र नीति निर्माण लगायतका क्षेत्रमा लामो अनुभव भएका व्यक्तिका रूपमा चिनिन्छन् ।
पोखरा विश्वविद्यालयमा रजिष्टार पद खाली भएपछि विभिन्न चरणमा भएका प्रक्रियापछि थापा रजिष्टारमा नियुक्त भएका हुन् । यसअघि उनी स्कुल अफ सोसल साइन्सका डिन थिए ।





