शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जन्मदिनमा पोखरा वृद्धाश्रमलाई सहयोग

जन्मदिनमा पोखरा वृद्धाश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८२, मंगलबार

पोखरा/ पछिल्लो दिनमा सय जन्मदिन तडकभडक भन्दा सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ ।
स्वदेशमा होस वा विदेशमा रहेका नेपालीले आफ्नाे परिवारका सदस्यको जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित संस्थालाई सहयोग गर्ने भावना बढेको हो ।

यसैक्रममा पोखरा महानगरपालिका–१५ स्थायी घर भई रोजगारीका सिलसिलामा हङकङमा रहनु भएका इन्द्रबहादुर र सुमिता थापामगरले आप्‌mनो छोरी आरुमा थापामगरको जन्मदिनको अवसर पारेर पोखरा बृद्धाश्रमलाई १८ हजार नगद आर्थिक सहयोग गरेका छन् । पोखरा बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच आरुमा थापालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नेपाल मगर संघ गलेश्वर इकाईका अध्यक्ष मिना रानामगरले वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई उक्त रकम हस्तान्तरण गरिन् । समाजका विपन्न, असहाय एवम् परिवारबाट अपहेलित जेष्ठनागरिकलाई गास, वास र कपासको व्यवस्था गर्दै उनीहरुको जिवनको बुढेस कालको लौरो वनेको आश्रममा हाले जेष्ठनागरिक र सेवक सेविका गरि कूल ५६ जना रहेको अध्यक्ष पराजुलीले जनाए ।

आश्रम विभिन्न संघसंस्था तथा व्यक्तिको आर्थिक सहयोगबाट सञ्चालन हुदै आएको बताउँदै उनले स्थापनादेखि हालसम्म त आँट म पुर्‍याउँछु भन्ने युक्ति पूर्णरुपले लागु भएको बताए । खानेकुरा भन्दा पनि बाबाआमालाई औषधि उपचारमा बढी खर्च हुने गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->