लेखनाथ/पोखरा महानगरपालिका वडा नं २८ को कालिकमा रहेको ईतिहासिक अर्घौ मौला कालिका भगवती मन्दिरमा बैशाख खष्टीका दिन शनिवार सतचण्डी(१०८ चण्डी पाठ)बाचन,सामुहिक होमन र वलि पुजा गरिएको छ ।
कालिका भगवती मन्दिरको उत्पतीको वि स १७९२ साल देखि निरन्तर रुपमा वर्षको दुई पटक वशन्त ऋतु र सरद ऋतुमा गरिने पुजाले अति बृष्टि,अनाबृष्टिको रोकथाम देखि गाउवस्तीमा कुनै प्रकारको दैवि प्रकोप तथा रोग ब्यादी नहुने धार्मीक विश्वास रहदै आएको मन्दिर संरक्षण समितिका अध्यक्ष वोधराज त्रिपाठीले जानकारी दिएका छन् ।
राष्ट्रिय सम्पदनको रुपमा रहेको अर्घौ मौला अन्तरगत पोखरा महानगरपालिका वडा नं २६,२७,२८,२९,३० ,३१ र मादी गाउपालिका वडा नं ५ का भत्तजनहरुको उपस्थितीमा हुने सामुहिक पुजा कास्की जिल्लाकै ईतिहासिक पुजा रहेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष विष्णुमाया पौडेलको दावी रहेको छ ।
२२सय ÷२४ सय राजाको पाल देखि ईतिहासिक कालिका भगवती मन्दिरमा हुने सतचण्डी पुजा वाली लगाउनु पुर्व र वालि लगाईसकेपछि भगवतीको सम्झनामा होमन गरिदै आएको मन्दिर संरक्षण समितिका सचिव केशवदास त्रिपाठीको भनाई रहेको छ ।
कालिका भगवती कास्की कै पुरानो र धार्मीक दृष्टीले महत्वपुर्ण धार्मीक स्थल भएकाले यसको संरक्षण र प्रवद्धनमा राज्यले ध्यान दिन सक्ने हो भने समग्र कास्की जिल्लामा आन्तरिक देखि धार्मीक पर्यटनको विकासमा सहयोग पुग्ने मन्दिर संरक्षण समितिका कोषाध्यक्ष सरोज भण्डारीको सुझाव रहेको छ ।





