बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वास्थ्य सेवालाई आधारभुत तहमा पुर्याईने छ–मन्त्री पाठक

स्वास्थ्य सेवालाई आधारभुत तहमा पुर्याईने छ–मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८२, शनिबार

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले आगामी आर्थिक बर्ष २०८२र८३ को बजेट आधारभुत तहका जनताहरुले महसुस गर्नेगरी निर्माण गर्न लागिएको बताएका छन ।

कास्कीको रुपा गाउँपालिकाालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै मन्त्री पाठकले शुक्रबार यस्तो बताएका हुन् । प्रदेशको बस्तुगत अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकार बजेट निर्माण गर्न जुटेको पनि उनले उल्लेख गरे । पुर्ण खोप कार्यक्रम राष्ट्रिय कार्यक्रम भएकोले यसलाई तिनै तहका सरकारहरुले महत्त्वका साथ कार्यान्वयन गर्नुपर्ने उनको भनाई थियो । १४ प्रकारका रोगहरुलाई १२ प्रकारका खोपहरु दिईदै आएको र गण्डकी प्रदेशमा पनि २ हजार खोप केन्द्रहरु बाट २८ हजार बालबालिकाहरुलाई यी खोपहरु प्रदान गरिएको मन्त्री पाठकले बताए ।

बैशाख महिना खोप महिना भएकोले खोज र खोप लगाउ अभियानमा संबंधित स्वास्थ्यकर्मीहरु मेहनतका साथ लाग्न मन्त्री पाठकले स्वास्थ्यकर्मीहरुलाई आव्हान गरे । नागरिक स्वास्थ्य राज्यको प्राथमिकता भएकोले स्वास्थ्य सेवालाई आधारभुत तहका नागरिकको पहुँचमा पुर्याउनु पर्ने कुरामा मन्त्री पाठकको जोड थियो । उक्त कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आफ्नो पालिकालाई पुर्ण खोप सुनिश्चित पालुका घोषणा गर्न पाएकोमा गौरवको अनुभुती भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->