नवलपुर / रोटरी क्लव अफ कावासोती र रोटरी क्लव अफ पोखरा अन्नपुर्णले प्राकृतिक चिकित्सालय रजहरलाई ५ थान ह्विल चियर र १ थान वाकर प्रदान गरेको छ ।
प्राकृतिक पद्दतिबाट उपचार गरिने सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा विरामीको चाँप वढ्दै गएकोले सहयोगी सामाग्री सामाग्री ह्विल चियर र वाकर हस्तान्तरण गरिएको रोटरी क्लव अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेलले बताए।
मुठ्ठी दानबाट स्थापना गरिएको सामुदायिक प्राकृतिक चिकित्सालयलाई सानो भएपनि उपहारको रुपमा सहयोग गर्न पाएकोमा रोटरी क्लव अफ पोखरा अन्नपुर्णका संस्थापक अध्यक्ष देवराज चालिसेले बताए ।
हस्तान्तरण कार्यक्रम चिकित्सालयका व्यावस्थापक हरि सापकोटाले सहयोगी मनहरुको कारणले नै चिकित्सालय अघि बढेको बताँउदै आफुहरु चिकित्सालयलाई विश्वविद्यालय बनाउन लागि परेको बताए । उनले आधुनिक पद्धतिबाट निको हुन नसकेका रोगहरु चिकित्सालयको उपचारपछि विरामीमा आशाको किरण बनेको बताए ।
चिकित्सालयका अध्यक्ष शन्त बहादुर क्षेत्रीले कोभिडको महामारीमा चिकित्सालयले महत्वपुर्ण भुमिका खेलेको बताँउदै राज्यका माथिल्लो निकायमा पुगेका र रहेका व्याक्तिहरुले समेत यसै चिकित्सालयबाट सेवा लिएर नयाँ जीवन लिएको स्मरण गराए । उनले सबैका साथ सहयोगबाट अस्पतालले सेवा विस्तारसगै भौतिक प्रगति गर्न सकेको बताउदै चिकित्सालयमा माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिने जानकारी दिए ।





