सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेसन शुरु

अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेसन शुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८२, आइतबार

बागलुङ/अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेसन बागलुङमा शुरु भएको छ । शनिवार गण्डकी प्रदेश सभाकी सदस्य तथा पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले सम्मेलनको उद्घाटन गरिन् ।

उक्त अवसरमा खड्काले बैदेशिक रोजगारी र अध्ययनका लागि गएका युवा नेपालमा फर्केर विकासमा सहभागि बन्नुपर्ने बताइन् । उनले विदेशमा पलायन हुने प्रवृत्ति अन्त्य गर्न राजनीतिक दल, सामाजिक अगुवा र स्वयं गैर आवासीय नेपालीहरुको पनि भूमिका महत्वपूर्ण हुने बताइन् ।

उनले आफ्नै छोराबुहारी समेत उच्च शिक्षा पढ्न गएर नआएको स्मरण गरिन् । ‘मलाई धेरैले भन्न थालेका छन्, राजनीति गर्ने, भाषण गर्नेका छोराछोरी विदेशमा छन् भनिरहेका छन्’ उनले भनिन्, ‘आफ्नै विषयमा म गम्भिर छु ।’ उनले युवाहरुमा नेपालमै केही गर्ने सोच परिवर्तन हुनुपर्ने धारणा समेत राखिन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले नेपालको विकासमा सबै मिलेर सहयोग गर्ने बताए । तथ्यांक संकलन गरेर आगामी दिनमा नेपालीको आर्थिक अवस्थामा सुधार आउने गरी काम थाल्न तयार रहेको बताए । त्यसका लागि उनले सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विदेश बिभाग संयोजक किरण पौडेलले लगानीलाई एकीकृत गर्न एनआरएनका नेतृत्वले चासो राख्नुपर्ने धारणा राखे । साथै उनले राज्यले पनि एनआरएनएलाई समेट्ने नीति बनाउनुपर्ने बताएका थिए ।

समाजका कावा अध्यक्ष दिपकदत्त गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक शर्माको संचालन र समाजकै स्पेन शाखाकी अध्यक्ष प्रगती शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति तथा गण्डकी प्रदेशसभाका सदस्य जितबहादुर शेरचन, एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, माओवादीका जिल्ला सचिवालय सदस्य कुमार बिक्रम क्षेत्री, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, समाजका सल्लाहकार सोम सापकोटा, गंगाप्रसाद शर्मा, चिन्तामणी सापकोटा, भर्चुअल माध्यमबाट अमेरिका निवासी गौरीश्वर शर्मा, पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक एकराजगिरि, संरक्षक रमेश भट्ट, संस्थापक होमनाथ शर्मा, एनआरएनएआइसिसीका प्रवत्ता गंगाधर गौतम, बागलुङ समाज अक्षयकोषका अध्यक्ष सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, बागलुङ उद्योग बाणिजय संघका अध्यक्ष राजनकुमार शाक्य लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->