बागलुङ/ अन्तरास्ट्रिय बागलुङ समाजको अध्यक्षमा गंगाप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बागलुङ बजारमा समपन्न तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिका अन्य पदाधिकारी तथा सदस्यको भने टुंगो लागेको छैन् । निर्वाचन समितिका संयोजक एकराज गिरीका अनुसार अध्यक्षमा शर्माको निर्विरोध नाम आएकाले उनी निर्वाचित भएको घोषणा गरिएको हो ।
बागलुङ नगरपालिका–६ स्थायी घर भएका शर्मा बेल्जियममा बस्दै आएका छन् । अन्य पदाधिकारी र सदस्यपनि सर्वसम्मत बनाउने प्रयास भैरहेको छ । समाजले पहिलो पटक गृहजिल्लामा अधिबेशन गरेको हो ।





