सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अन्तराष्ट्रिय बागलुङ समाजको अध्यक्षमा शर्मासहित कार्यसमिति सर्वसम्मत् (अपडेट)

अन्तराष्ट्रिय बागलुङ समाजको अध्यक्षमा शर्मासहित कार्यसमिति सर्वसम्मत् (अपडेट)


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८२, आइतबार

बागलुङ /अन्तरास्ट्रिय बागलुङ समाजको अध्यक्षमा गंगाप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा दीपक गौतम, उपाध्यक्षहरुमा कुलानन्द शर्मा, रत्नबहादुर बिक, राजवीन थापा, महिला उपाध्यक्षमा कालीका थापा, महासचिवमा प्रेमसागर पौडेल चयन भए । यसैगरी सचिवमा राजु थापा, राजन गौचन र महिला सचिवमा प्रगती शर्मा। कोषध्यक्षमा जयलाल न्यौपाने, सह कोषाध्यक्षमा ज्ञानु गौतम चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै मध्यपूर्वको संयोजकमा भोवबहादुर कुँवर क्षेत्री, युरोप संयोजक छवि पौड्याल, अमेरिकाज संयोजकमा मिन खड्का र एसिया संयोजकमा महेन्द्र पिसी निर्विरोध चयन भए ।

अध्यक्षमा निर्वाचित शर्मा बागलुङ नगरपालिका–६ स्थायी घर भई हाल बेल्जियममा बस्दै आएका छन् । समाजले पहिलो पटक गृहजिल्लामा अधिबेशन गरेको हो ।

हेर्नुहोस् निर्विरोध निर्वाचित पदाधिकारी र सदस्यहरुको नामावली

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->