शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजमा बैरागी

घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजमा बैरागी


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८२, आइतबार

पोखरा/ घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको प्रथम अधिवेशनबाट पुनः तोयनाथ लम्साल (बैरागी) निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न अधिवेशनले यसअघिको तदर्थ कार्य समितिलाई निरन्तरता दिएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुले ६ महिनाअघि समाज गठन गरेका थिए । अधिवेशनले प्रथम उपाध्यक्षमा महेश्वर पौडेल, उपाध्यक्ष महिलामा चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ, सहसचिव भानुभक्त पोखरेल, कोषाध्यक्ष सरिता आचार्य लम्साल र सहकोषाध्यक्ष नरबहादुर गुरुङ निर्वाचित गर्यो । यसैगरी सदस्यहरुमा दुर्गाबहादुर गुरुङ, इन्द्रशोभा पौडेल, चुडामोहन लम्साल, सोमनाथ लम्साल, कृष्णप्रसाद दवाडी, भोजबहादुर नेपाली, निरु लम्साल र लेखबहादुर केसी रहेका छन् । यसैगरी न्यायिक समितिको संयोजकमा विष्णुप्रसाद पोखरेल तथा सदस्यहरुमा यामबहादुर जिसी, शंकर कार्की, शिवप्रसाद पोखरेल र सुवास लम्साल चयन भए । अधिवेशन सम्पन गर्नका लागि मीनप्रसाद लम्साल, मीनराज लम्साल र महेश्वर पौडेल रहेको ३ सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य दामोदर बैरागीले समाजले घाचोक र पोखराकाबीचमा पुलको काम गर्दै घाचोकवासीको उन्नतिका लागि काम गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ्रे वडा नं ३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं १ का वडाध्यक्ष इन्द्र गुरुङ लगायतले समाज गठनको थोरै समयमा समेत संस्था दर्ता देखी धेरै रचनात्मक कार्य गर्न समाज सफल भएको बताएका थिए । नवनिर्वाचित अध्यक्ष तोयनाथ बैरागीले घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि सहयोग गर्ने उद्धेश्यले समाज गठन गरिएको बताए । उनले संस्थाले वार्षिक कार्यक्रम बनाएर आफ्ना गतिविधिहरु अघि बढाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->