बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फोहोर फाल्ने आँधिखोला दोहोरी साँझलाई कारवाही

फोहोर फाल्ने आँधिखोला दोहोरी साँझलाई कारवाही


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८२, आइतबार

पोखरा/पोखरा महानगरपालिकाले आँधिखोला दोहोरी साँझलाई कारवाहि गरेको छ । पोखरा महानगरपाकिला वडा नम्बर १० मा रहेको आँधिखोला दोहोरि साँझले आफ्नो फोहोरलाई वडा नम्बर ११ मा लगेर फालेपछि सामाजिक अभियन्ता अंशु शेर्पाको सक्रियतामा फोहोर फालेवापत कारवाहि गरेको हो ।

पटक पटक फोहोर ल्याएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पछाडी फाल्दै आएको उक्त दोहोरिलाई फोहोर मैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना स्वरुप पाँच हजार रुपैयाँ तिर्न लगाइएको शेर्पाले जानकारी दिए । उक्त स्थानमा धेरै ठाउँबाट फोहोर फाल्दा निकै दुर्गन्धित भएको र त्यसको असर अस्पतालसम्म परेपछि अंशु शोर्पाकै पहलमा अहिले त्यहाँ फोहोर फाल्न बन्द गरिएको छ ।

उक्त स्थानमा रातको समयमा गस्ति बसी फोहोर फाल्न आउनेलाई पहिलो चोटी फोहोर घरमे फिर्ता लैजान भन्ने गरेको र नमानेको खण्डमा ऐन अनुसार कारवाहि गर्ने गरेको उनले सुनाए । ‘हामीले हाम्रो घर मात्र सफा राखेर हुँदैन । घर संगै आगन, टोल र समाज पनि सफा राख्नुपर्छ । महानगरपालिको फोहोर उठाउने गाडी पनि आउँछ वातावरण नै दुषित बनाउने गरि फोहोर फाल्ने अधिकार कसैलाई छैन्’ उनले भने । अत्याधिक फोहोर फाल्न थालेपछि उक्त स्थानमा सिसिटिभि समेत जडान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->