शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हाइकर्स क्लबको हाइकिङ तनहुँको मानुङकोटमा

हाइकर्स क्लबको हाइकिङ तनहुँको मानुङकोटमा


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८२, आइतबार

पोखरा / हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सम्पन्न गरेको छ । क्लबले स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ बिगत ५ बर्ष देखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ ।

पोखराको दरबारथोकमा भेला भएर नगरबसमा पृथ्वी राजमार्गको मानुङकोट चोकबाट पैदलमार्ग हुँदै ब्यास नगरपालिका वडा नं ५ को १०८० मिटर उचाइमा रहेको पर्यटकीय स्थान मानुङकोट सम्म हाइकिङ गरिएको थियो भने फर्कदा मानुङकोट बाट म्याग्दे गाउँपालिका– १ ताक्राङ हुँदै वडा कार्यालय अगाडी पृथ्वी राजमार्गमा आएको थियो । हालसम्म क्लबले गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँका विभिन्न ठाउँमा हाइकिङ गराउँदै आएको र तनहुँका थप्रेक गाउँ, दगाम सामुदायिक होमस्टे, किल्चोक अकला मन्दिर, भिमादको घाङ्च ल्हुममा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको क्लबका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले बताए ।

हाइकिङमा सहभागी हुन इच्छुकले क्लबको सदस्य नभए पनि सहभागी हुन सकिने, खानाको ५))र( र यातायातको दुरिको हिसाबले खर्च तिर्नुपर्ने, संस्थाको सदस्यता आजिवनको ३ हजार र साधारणको ५ सय तोकिएको क्लबकी कोषाध्यक्ष टीका आचार्य सुबेदीले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->