पोखरा/ खोलामा पौडी खेल्ने क्रममा डुबेर पोखरामा एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनाको मादीवाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार बागलुङ घर भई पोखराको आलुमाइला चोक बस्ने २३ वर्षीय दीपक कँडेलको मृत्यु भएको हो ।
खोलामा डुबेका कँडेललाई अचेत अवस्थामा उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।





