सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जनताको सुरक्षामा सहकार्य गरेर काम गर्छु : एसपि भारती

जनताको सुरक्षामा सहकार्य गरेर काम गर्छु : एसपि भारती


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०८२, सोमबार

तस्बिर : डम्मर बुढा मगर
बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले शान्ति सुरक्षाको सवालमा कसैसंग सम्झौता नहुने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट सरुवा भै बागलुङ आएका भारतीले जनताको शान्ति सुरक्षाका लागि सहकार्य गरेर काम गर्ने बताए ।

सोमबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक भारतीले प्रहरीले जनतालाई सुरक्षित महशुस गराउने पहिलो दायित्व रहेको बताए । उनले जिल्लाको समग्र अवस्थाको अध्ययनपछि छुट्टै सुरक्षा योजना समेत तयार गरेर लाग्नुपर्ने आवश्यकता औल्याए ।

उनले आफूले जनताको घरदैलोमै सुरक्षा महशुस हुनेगरी काम गर्ने बताए । शुरुमै केही योजना नसुनाउने भन्दै भारतीले शान्ति सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने बताए । उनले अपराध नियन्त्रण, लागुऔषध र जुवातास निर्मुल पार्ने दाबी समेत गरे ।

पत्रकार अन्तरक्रियामा पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, सुवास आचार्य, सुवास गौतम, डम्मर बुढा मगर, अनिस खाती र विनोद प्रतिक, मन्जुल शाक्य, किरण आचार्य, विजय राना लगायतले कालीगण्डकी दोहोन, ट्राफिक व्यवस्थापन, लागुऔषध, जुवातास जस्ता समस्या तथा मिडियाको अवस्थाको विषयमा प्रहरी प्रमुख भारतीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->